Logo

अस्पतालमा पोस्टमार्टम गर्न लागिएको शव चिया पिउँदै गरेको भेटिएपछि…



Spread the love

१५ फागुन, एजेन्सी । सडक दुर्घटनामा मृत्यु भएका एक जनाको शव अस्पतालमा लगिएको थियो । अस्पतलामा शवको पोष्ट मार्टम गर्ने तयारी चल्दैगर्दा मृत भनिएका व्यक्ति भने चाैराहामा बसेर चिया पिउँदै गरेको अवस्थामा देखिए ।

यो घटना भारतको उत्तर प्रदेशको हो । उत्तर प्रदेशको देवरियामा घटेको घटनाले सबै चकित भएका छन् ।

तर, वास्तवमा भएको के रहेछ भने सडक दुर्घटनामा एक जनाको मृत्यु हुँदा कसैलाई गलत सुचना गएर गाउँका फुलेश्वरको मृत्यु भएको खबर पुगेछ ।

घरबाट औषधि किन्न निस्केका फुलेश्वर एउटा पसलमा चियाँ पिउन पसेका बेला यो हल्लिखल्लि मच्चिएछ ।

प्रतिक्रिया दिनुहोस्