Logo

सुरु भयो गुल्मी जिल्ला मै पहिलो पटक मालिका प्याराग्लाइडिङ महोत्सव



Spread the love

१३ फागुन, गुल्मी । गुल्मी जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाको आर्थिक सहयोग र अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको सुरु भएको हो ।

मालिका गाउँपालिकाको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उदेश्यले जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो । फागुन १२ गते देखि महोत्सव सुरु गर्ने भनिएता पनि केही प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी आजदेखि महोत्सव सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्वर ४ देउराली डाँडाबाट प्याराग्लाइडिङको उडान गरिएको छ भने वडा नम्वर ८ सिमलटारीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । प्याराग्लाइडिङ उडानको लागि प्रतिव्यक्ति दुई हजार शुल्क तोकिएको छ ।

प्याराग्लाइडिङबाट मालिका गाउँपालिकासँगै छिमेकी स्थानीय तहका पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गर्ने सकिने छ । प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गतेसम्म चल्नेछ । केहि समय अघि देउराली डाँडाबाट गाउँपालिकाले प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्