Logo

छ दिन देखि बेपत्ता भएका जोन तामाङ सकुशल भेटिए



Spread the love

काठमाडौं – सल्लेरी खबर । फूलचोकी ‘हाइकिङ’ जाँदा हराएका विद्यार्थी ६ दिनपछि जीवितै भेटिएका छन् ।

फूलचोकीको जंगलबाट प्रहरीले आज साँझ साढे ६ बजेतिर सत्र बर्षीय जोन तामाङलाई सकुसल उद्दार गरेको हो । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् तामाङ गत विहीबारदेखि हराइरहेका थिए ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले जोन भेटिएको पुष्टि गर्दै उनको अवस्था सकुसल रहेको जानकारी दिनुभयो । जंगलमा झोक्राइरहेको अवस्थामा रहेको सूचनापछि प्रहरी र अभिभावकको टोली जोनको उद्दारका लागि गएको थियो ।

उनी सेतो कपराज भन्ने ठाउँमा फेला परेका हुन् । विद्यालयका प्रिन्सिपलसहित ५ र ६ कक्षाका ११ विद्यार्थी माघ ११ गते हिउँ खेल्न जाँदा फर्किने बेलामा जोन हराएका थिए ।

लापरवाहीका कारण घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको थियो । अहिले जोन तामाङको बी एण्ड बी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्