Logo

बुटवल क्याम्पसमा सहिद सप्ताह हुँदै ।



Spread the love


कमल राज पुरी
बुटवल १९ – सल्लेरी खबर ।

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसको बैठक सम्पन्न भएको छ । टेकराज रेग्मीको सँयोजक्त्वमा बसेको बैठकमा माअोवादी केन्द्रका केन्द्रीय सदस्य सुदिप न्यौपाने प्रमुख र अखिल क्रान्तिकारी का केन्द्रीय सचिव तथा ५ प्रदेश इन्चार्ज नारायण खनाल विशिष्ट अतिथि रहनुभएको थियो ।

अतिथिहरूमा रुपन्देही जिल्ला इन्चार्ज अनुप पोख्रेल , पाल्पा जिल्ला इन्चार्ज विक्रम राना र पूर्व रुपन्देही जिल्ला अध्यक्ष दामोदर घिमिरे रहनुभएको थियो भने सञ्चालन क्याम्पस सचिव गणेश खनालले गर्नुभएको थियो ।

उक्त बैठकले माघ २९ गते रक्तदान कार्यक्रम राख्ने निर्णय गरी संयोजकमा गणेश खनाललाई तोकेको छ ।
भने फागुन १४ गतेबाट सहिद सप्ताह राख्ने निर्णय गरिएको छ ।

१४ गते हाजिरजवाफ हुनेछ जसको संयोजक विष्णु ज्ञवाली र १६ गते भलिबल र २१ गते महिला कुर्सी दौड रहनेछ जसको संयोजक विशाल पन्थी र २२ गते साहित्यिक कार्यक्रम प्रगतिशील गजल रहनेछ जसको संयोजक कमल राज पुरीलाई दिएको छ ।।

प्रतिक्रिया दिनुहोस्