Logo

गुल्मीमा बुहारीद्वारा ८७ वर्षीय ससुराको हत्या



Spread the love

१० फागुन, गुल्मी । गुल्मीमा आफ्नै बुहारीली ससुराको हत्या गरेकी छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । घटना रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले नै ससुराको हत्या गरेको खल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

अहिले अदालतबाट म्याद थप गरि घटनाबारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्