Logo

आरोप–प्रत्यारोपमा मुख्यमन्त्री दाबेदार



Spread the love

प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ ।

प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन् ।

एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।

‘एमाले स्थायी समिति बैठकले सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्न प्रदेशलाई निर्देशन दिएको छ,’ पाण्डेले बिहीबार बैठक सुरु हुनुअघि कान्तिपुरसँग भने, ‘सर्वसम्मत हुने सम्भावना कम देख्दै छु । निर्वाचनबाटै संसदीय दलको नेता चुनिन्छ ।’, भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्