Logo

बुबासँग रिस उठेपछि छोराले १४० रूपैँयामा बेचिदिए १३५ कोठे विशाल महल



Spread the love

९ फागुन, एजेन्सी । एक जना व्यक्तिले जम्मा १४० रूपैँयामा १३५ कोठा भएको घर बेचिदिएका छन् । उनले बुबासँग रिस उठेपछि पुर्ख्याैली सम्पत्ति त्यति सस्तोमा बेचेको बताइएको छ ।

जर्मनीको पूर्व राजपरिवारका छोराले यो हर्कत गरेका हुन् । उनले जम्मा १ युरोमा १३५ कोठा भएको विशाल बंगलो बेचेका छन् ।

छोराको यो मूर्खतापछि बुबाले छोराविरूद्ध मुद्दा हालेका छन् । ६६ वर्षका राजकुमार पिताले ३७ वर्षका छोराविरुद्ध अदालतमा मुद्दा हालिदिएका हुन् ।

यो महल पुरानो भएको र मर्मतका लागि २७ मिलियन युरो लाग्ने बताइएको थियो । त्यति धेरै पैसा आफूसँग नभएको बताउँदै उनले उक्त महल १ युरोमा बेचेको बताएका छन् ।

उनका बुबाले आफ्ना छोरामाथि कैयौं गम्भीर आरोप लगाउँदै महल फिर्ता पाउनुपर्ने माग गरेका छन् । यो मेरिनबर्ग महलको निर्माण १८६७ मा भएको थियो । राजकुमार अगस्टले आफ्ना छोराले आफूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्