Logo

नेपालको अर्को ठाउँमा पनि देखियो बर्ड फ्लु



Spread the love

८ फागुन, काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर–१२ नौलोटोलमा रहेका दुईवटा कुखुरा फर्ममा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ । साथै रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ । गएको माघमा काठमाडौँ तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्