Logo

दूध बेच्नका लागि किसानले किने ४८ करोडको हेलिकप्टर



Spread the love

६ फागुन, एजेन्सी । भारतमा एक जना किसानले हेलिकप्टर किनेका छन् । महाराष्ट्रको भिवान्डी शहरका जनार्दन भोइरले डेरी व्यवसायका लागि देशभर यात्रा गर्न सहज हस भनेर ३० करोड भारतीय रूपैँयामा हेलिकप्टर खरिद गरेका हुन् ।

जनार्दन भर्खरै डेरी व्यवसायमा लागेका हुन् । यसका लागि उनले धेरै ठाउँको यात्रा गर्नुपर्ने हुन्छ । सोही कारण यात्रा सहज बनाउनका लागि हेलिकप्टरमा ३० करोड भारतीय रूपैयाँ अर्थात् ४८ करोड नेपाली रूपैँया खर्चिएका हुन् ।

उनले २.५ करोड रूपैयाँको लागतमा हेलिप्याड, टेक्निकल रूम र पाइलटका लागि बस्ने ठाउँ बनाइरहेका छन् ।

महाराष्ट्रको भवान्डीका मानिसहरू भारत कै सबैभन्दा सम्भ्रान्त परिवारमा गनिन्छन् । उनीहरूसँग महँगा महँगा गाडीहरू पनि हुने गरेको भारतीय मिडियामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्