Logo

गुल्मी जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो



Spread the love
फाइल तस्बीर

५ फागुन, गुल्मी । गुल्मीमा बुधबार साँझ जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । त्यस्तै, ५ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट पराल्मी जादै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा नम्बर १४ को वडा कार्यालय नजिकै दुर्घटना भएको थियो । १० जना सवार भएको उक्त जीप सडकबाट करीब ८०० फिट तल खसेको प्रहरीले उल्लेख गरेको छ ।

उक्त दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने थप २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । त्यसैगरी, यस घटनाबारे थप विवरण आउने क्रम जारी छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्