Logo

गुल्मीमा जिप दुर्घटना : एक जनाको घटना स्थलमै मृत्यु, सात जना गम्भीर घाइते



Spread the love
फाइल तस्बीर

५ फागुन, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने सात जना गम्भीर घाइते भएका छन् । सदरमुकाम तम्घासबाट पराल्मी जादै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा नम्बर १४ को वडा कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली पुगेर उद्धारको कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।
घटना बारे थप विवरण आउने क्रम जारी छ ।

जीपमा १० जना सवार रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्