Logo

गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्वास्थ्य चौकी भवन शिलान्यास



Spread the love

३ फागुन, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ रुपाकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक कार्यक्रमका बिच स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै अध्यक्ष खत्रीले निर्माण व्यवसायीलाई समयमै निर्माण सम्पन्न गर्ने आग्रह समेत गरेका छन् । मापदण्ड अनुरुप समयमै स्वास्थ्य चौकीको भवन निमार्ण गरी जनतालाई जती सक्दो छिटो सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने आफुहरुको चाहना रहेको अध्यक्ष खत्रीले उल्लेख गरे ।

लामो समयदेखि जीर्ण बनेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह हुदाँ त्यस क्षेत्रका स्थानीयसंगै स्वास्थ्यकर्मी समस्या झेल्दै आएका थिए ।

स्वास्थ्य चौकीको भवन निमार्णको लागि संघीय सरकाले विशेष अनुदान अन्तर्गत २ करोड ५ लाख ८१ हजार रकम विनियोजन गरेको छ । स्वास्थ्य चौकी २०७८ साल माघ १ गते सम्म निर्माण सम्पन्न हुनेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्