Logo

सत्यवतीमा भ्यु प्वाइन्टको शिलान्यास



Spread the love


२ फागुन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ जुनियाँमा भ्यु प्वाइन्टको शिलान्यस गरिएको छ । गुल्मी जुनीयाँ तराई सम्पर्क समाज रुपन्देहीको सक्रियतामा भ्यु प्वाइन्टको शिलान्यस गरिएको हो ।

भ्यु प्वाइन्टको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल र उपाध्यक्ष शुर्वण शाहि शेरचनले आइतबार संयुक्त रुपमा शिलान्यस गरेका हुन् ।

समुन्द्री सतहदेखी १७५० मिटर अग्लो स्थानमा रहेको उक्त स्थानबाट गुल्मी जिल्लासँगै छिमेकी जिल्लाका मनोरम दृश्य तथा हिमाल देख्न सकिन्छ ।

भ्यु प्वाइन्टको निर्माणले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गुल्मी जुनीयाँ तराई सम्पर्क समाज रुपन्देहीका अध्यक्ष खड्क शाहिले बताए ।

करिब २ लाख ५० हजारको लगानीमा यसै आर्थिक वर्ष भित्र भ्यु प्वाइन्ट निमार्ण गर्न लक्ष्य रहेको छ । गाउँपालिकाले भ्यु प्वाइन्ट निमार्णका लागि सक्दो सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्