Logo

तम्घास बजारमै चोरियो नगद सहित गरगहना



Spread the love

२ फागुन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमै गरगहना र नगद चोरी भएको छ ।

रेसुंगा नगरपालिका वडा नम्बर १ का गोर्कण गिरीको घरमा डेरा लिइ बस्दै आएकी गुल्मी दरबार गाउँपालिका २ की पुजा थापाको ५५ हजार नगद सहित आधा तोला सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेले बताए ।

केही दिनअघि घर गएकी थापा आईतबार आफ्नो डेरामा आउँदा नगद र सुन चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको थापालाई उद्धृत गर्दै वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए ।

ढोकाको ताल्चा फुटाएर दराजमा रहेको नगद र गहना चोरी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्