३० माघ, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज हिमाल थापाले ओली समुह त्याग गरेको घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले ओली समुह त्याग गरेको जानकारी गराएका हुन् ।
सत्तारुढ दल नेकपा दुई कित्तामा विभाजित भएसँगै ओली समुहमा खरो रुपमा लागेका थापाको कित्ता परिवर्तनले सबैलाई चकित पारेको छ ।
यस विषयमा सल्लेरी खबरले उनलाई सम्पर्क गरि जिज्ञासा राख्दा उनले भने “केहि राष्ट्रिय मुद्दामा
समर्थन रहेतापनि पछिल्लो समय ओली समुहका गतिविधि तथा क्रियाकलापहरु जायज देखिएनन् ” ।
उनले ओली समुहमा पाखुरा खिच्ने प्रवृत्ति भएका मान्छेले मात्र स्थान पाउने तर वैचारिक मत गर्ने कार्यकर्ताले स्थान नपाउने आरोप समेत लगाए ।
थापाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कामकारबाही पनि चित्तबुझ्दो नभएको गुनासो समेत गरेका छन् । यद्यपी उनले सरकारले जारी गरेको चुच्चे नक्सा, पारवहन सम्झौता जस्ता केहि राष्ट्रियताका विषयमा भने आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।