Logo

पुष्प र श्रद्धाको ‘कृष्ण-लीला’ को प्रदर्शन मिति सार्वजनिक



Spread the love

काठमाडौं। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्रीको मूख्य अभिनय रहेको चलचित्र ‘कृष्ण-लीला’को प्रदर्शन मिति सार्वजनिक भएको छ । 

दीपक ओलीको निर्देशन रहेको नयाँ चलचित्र आगमिक २०७८ चैत्र २७ को छेको पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको हो । 

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रको मुख्य भूमिकामा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको अभिनय रहेको छ । 

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्