Logo

नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न (फोटोफिचर सहित ) :



Spread the love

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, सेस (नेपाल) ले यहि माघ १५, १६ र १७ गते आयोजना गरेको नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता हिजो माघ १७ गते सम्पन्न भएको छ ।

“समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्माण”को मुल नारा सहित केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा भब्य रुपमा सञ्चालन भएको उक्त प्रदर्शनीमा विभिन्न विधामा सिभिल इन्जिनियरिङसँग सम्बन्धित सामग्री तथा नयाँ प्रविधिहरूलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएका थिए ।

प्रदर्शनीमा विभिन्न सरकारी, गैर–सरकारी तथा निर्माण व्यवसायी संस्थाहरू लगायत थुप्रै परामर्शदाताहरूद्वारा आ-आफ्नो विषयसँग सम्बन्धित सामग्रीहरू समेत देखाइएका थिए । शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका घरको डिजाइन, नमुना र त्यसका लागि आवश्यक पर्ने प्रविधिहरू विशेष आकर्षणका रूपमा रहेका थिए ।

यसबाहेक सडक विभाग, खानेपानी, सरसफाइ तथा ढल निकास विभाग, सिँचाइ विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागबाट पनि सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । विद्यार्थी स्तरमा इन्जिनियरिङसँग सम्बन्धित नमुना मोडल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सेमिनार, सफ्टवेयर प्रतियोगिता, कंक्रिट मिक्स डिजाइन प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता, विविध मनोरञ्जन लगायत अन्य थुप्रै जानकारीमूलक कार्यक्रमहरू प्रदर्शनीका आकर्षण रहेका थिए ।

वि.सं. २०६३ सालदेखि सुरू भएको यस प्रदर्शनी २०६३, ०६४, ०६५, ०६६, ०६८, ०७०, ०७२, ०७३  र ०७४ गरी नवौ पटक सफलतापूर्वक सम्पन्न भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विज्ञ तथा विशिष्ट व्यक्तित्वहरूबाट थुप्रै जानकारीमूलक सामग्रीहरू प्रस्तुत गरिएका थिए ।

 

फोटोफिचर सहित :

 

प्रतिक्रिया दिनुहोस्