Logo

करिश्माको ‘वनवास’ मा सरोज र कविता



Spread the love

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म बनाउने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘वनवास’ फिल्मको घोषणा गरेकी हुन् ।

आफ्नै छोरी कविता मानन्धरलाई लिएर उनले ‘बनवास’ फिल्म निर्माण गर्न लागेको हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत थिम पोस्टर सार्वजनिक गरेर फिल्मको घोषणा गरेकी हुन् भने अभिनेता सरोज खनाललाई प्रमुख भूमिकामा लिएर फिल्म ‘वनबास’ बनाउने भएकी छन् ।

करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यू गरे पनि उनको डेब्यू सफल हुन सकेन । करिश्माले होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको फिल्ममा सुशील क्षेत्रीको निर्देशन रहनेछ ।

चलचित्रमा काम गर्न कविता कसरी राजी भइन् त, करिश्माले भनिन्–‘एउटा यस्तो प्रेम कहानी’को टिमले चलचित्र विगारेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, मैले उनलाई संझाएकी छु । अब, भने उनी काम गर्न तयार छिन् ।’

करिश्माको अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दैछन् । छायाँकार समेत रहेका क्षेत्रीले नै यसको कथा तयार पारेका हुन् । 

प्रतिक्रिया दिनुहोस्