Logo

दयाहाङ र प्रकृतिको ‘बिहे पास’



Spread the love

काठमाडौं । प्रवेश पौडेलले निर्देशनमा बन्ने लागेको नयाँ चलचित्र ‘बिहे पास’ निर्माण हुने भएको छ ।

चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।

सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ ।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्