Logo

‘लप्पन छप्पन २’ को रिलिज मिति सर्‍यो



Spread the love
1140x725

काठमाडौं। चलचित्र लप्पन छप्पन-२ को प्रर्दशन मिति सरेको छ। मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेको फिल्मले यसअघि घोषणा गरेको प्रर्दशन मिति सारेको हो।

कहिले कोभिडका कारणले त कहिले काम नसकिएको कारण देखाउँदै यो फिल्मको प्रदर्शन मिति बारम्बार पछि सरेको हो । फिल्म लप्पन छप्पन २ फागुणको २७ गते महाशिवरात्रीको अवसर पारेर रिलिज हुने तयारीमा थियो ।

अब नयाँ वर्षको छेको पारेर फिल्म सार्वजनिक हुनेछ। फिल्म अब चैत २७ गतेदेखि प्रदर्शन हुने भएको छ।

चलचित्रको मुख्य भूमिका सौगात मल्ल, अर्पण थापा अलवा दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, गोविन्द शाही, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ ।

यसरीहेर्दा, हल खुलेको ३ महिनासम्म चलचित्र नपाएर सुनसान बनेका हलहरुमा नयाँ बर्षको छेकोमा फेरि चहलपहल बढ्ने देखिन्छ ।तर, नेपालका वितरक र निर्माताले आफ्नो पुरानो शैली फेर्ने सुरसार भने नगरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्