Logo

वास्तविक नायक डिआइजी सर्बेन्द्र खनाल



Spread the love

नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि हात पारेपछि नेपाल लगायत विश्वभरका नेपालीहरूले महानगरीय अपराध महाशाखा डिआइजी सर्बेन्द्र खनालको प्रशंसा गरे ।फुटबलको सौदाबाजी गर्ने संगठित अपराध विरुद्ध धावा बोलेको केही समयमा नै नेपाली फुटबल खेलाडीले अन्तर्राष्ट्रिय खेलमा २३ वर्षपछि विजय हाँसिल गर्दा खेलाडीसँगै उनको प्रशंसा र चर्चा बढेको हो । बंगालादेशमा भएको फाइनलमा बहराइनलाई ३ गोलको अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि नेपालले हात पारेपछि सामाजिक सञ्जाल फेसबुकका डिआइजी खनालको फोटोले भरिए! फिक्सिङको आरोपमा नेपाली फुटबल टोलीका कप्तानसहित आधा दर्जन खेलाडी पक्राउ परेकै कारण नेपाली टिमले उपाधि चुम्न सफल भएको ठहर अधिकांशले फेसबुक मार्फत व्यक्त गरे | यो २३ वर्षपछि नेपालले जितेको अन्तर्राष्ट्रिय फुटबल उपाधि हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो। डिआइजी सर्बेन्द्र खनाललाई महानायक राजेश हमालले सम्मान गर्दै खनाल प्रेरणाको स्रोत रहेको बताएका थिए।

सर्बेन्द्रका सफलता

सफलता नम्बर १

मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौँ आयपछिको पहिलो ठुलो सफलता थियो । घैँटेलाई इन्काउन्टर गरेको तीन घण्टाभित्र तत्कालीन गृहमन्त्री बामदेव गौतमले खनालाई बधाई दिएको कुरा सञ्चारमाध्यहरुमा छिन भरमै छायो ।
घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरूले फोनबाट बधाई दिएको खनालले बताएका थिए । यो सफलमा नेपाली कङ्ग्रेस धेरै खुसी देखिएनन् । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइराला लगायतका वरिष्ठ नेताहरू घटनाप्रति मौन देखिए भने केही काँग्रेस नेता एसएसपी खनालमाथि खानिए नै । यस सफलतामा उनले बधाईका साथै गालीखाएको तितो अनुभव पटक पटक सुनाउने गर्दछन् । घैँटेले उनी डीएसपी हुँदा आक्रमण गरेर गाडी तोडफोड गरिदिएको थियो ।

सफलता नम्बर २

गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठुलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको अप्रेसन । राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरूका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भने ‘मेरो उद्देश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए।
खेलको सौदाबाजी गर्ने आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कटघरामा खाडा गर्‍यो । तर, खेलाडीहरू अहिले पनि भनिरहेका छन् हामी निर्दोष छौँ । फुटबलको सौदाबाजी गर्ने आरोप लागेका मध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी थिए । फुटबल खेलमा सौदाबाजी भइरहेको गोप्य सूचना पाएका डिआइजी खनालले खेलाडीमाथि अनुसन्धान सुरु गरेको सुनाए । आरोपितलाई नियान्त्रणमा लिएपछि मिडियालाई प्रतिक्रिया दिँदै भने ‘प्रहरीको लागि यो ऐतिहासिक सफलता मिलेको छ ।’उनले झ्यालखाना हालेका सबै खेलाडी अहिले धरौटीमा छुटेका छन् । देश बाहिर खेल हारेर आउँदा सौदाबाजी भएको चर्चा बेला बेला हुने गरेको थियो तर,त्यसको चुरोकुरो पत्ता लगाउनका लागि उनी जिम्मेवारी समालेको वर्षदिन नपुग्दै सफल भए । खेलबाट देश विश्वमा चिनाउनुको सट्टा सौदाबाजी गर्नु पनि ठुलो अपराध भएको उनले भनेका छन् । खेलभित्रबाट भइरहेको संगठित अपराध रोक्न सफल खनालले राजनीतिको कभरभित्र लुकेका तस्कर, गुन्डा, व्यावाचारीलाई एक दिन काठमाडौँको सड्क पेटीमा उभ्याउने भनाइ अधिकारहरूको छ ।
म्याच फिक्सिङको आरोप लागेका सागर २००९ देखि २०१५ सम्म कप्तानको जिम्मा समाल्दै आएका थिए । खनालको टिमले गरेको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तानमा भएका खेलमा सौदाबाजी भएको पत्ता लागेको छ ।

सफलता नम्बर ३

नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । यसै गरी लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरूले तेलको मात्रा कम गरी बच्ने उपकरणहरू रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्‍यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाइदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो । सफलता नम्बर ४
उद्यमी जमिम शाहको हत्यारालाई खनाले नै पक्रउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

सफलता नम्बर ५

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई डिआइजी खनालकै टोलीले पक्राउ गरेर देखायो ।
सफलता ६अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रूपमा विदेश पठाउने दलालहरूको अखडामा उनको टोलीले धावा बोल्यो । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलबाड गर्ने जो कोहीलाई कानुनले छाड्दैन ,छापा हान्न थालेपछि अतालिएका दलालहरू कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे । सफलता नम्बर ७
विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनका विष्णु बहादुर क्षेत्री र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर ठगी गर्ने यी दुई दाजुभाइ हुन।

सफलता नम्बर ८

जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ना ज्यानसँग खोल्नु पर्‍यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । उनले नेतृत्व समालेपछि माहासाखाले करिब डेढसय मुद्धामाथि सफल अप्रेसन गरिसकेको छ । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोसा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन । हाल महानगरीय ट्राफिक प्रहरीका प्रमुख रहेका खनाल विद्धमान ऐन, नियमले दिएको जिम्मेवारीको अलावा थुप्रै काम गर्नु पर्ने ट्राफिक प्रहरीको बाध्यता छ। ट्राफिक समस्याको जड कारक निकायहरूको गलत कदम, नालायकी र भ्रष्टाचारबाट उत्पन्न निर्णयहरूको अपजस खप्नु ट्राफिक प्रहरीको दैनिकी बनेको छ।तर थुप्रै चुनौती र समस्याहरूको बिचमा पनि ट्राफिक प्रहरीका अधिकृत देखि जवानसम्मले काठमान्डौको ट्राफिक समस्या समाधान गर्दै प्रत्यक नागरिकको यात्रा सहज बनाउन लागि नै रहेका छन्।चुनौतीहरुसंग भिडदै, धुलो धुवाँको सामना गर्दै, अफवाह र मनोबल घटाउने खालका समाचारहरूको प्रवाह नगरिकन आफ्नो कर्म लागिरहेको महानगरीय ट्राफिक प्रहरीको सिङ्गो टिमलाई धन्यवाद l अनि प्राप्त जिम्मेवारी पुरा गर्न अर्जुनदृष्टी लगाएर काम गर्ने ट्राफिक प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई अझै सक्रिय रहन जनताको तर्फबाट सदाझैँ हौसला मिलिरहोस।

प्रतिक्रिया दिनुहोस्