Logo

एलीनाले आफ्नो कुरै बुझ्दैन गायक भिम



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल गायक भिम बिष्ट र चर्चित गायिका एलीना चौहानको स्वरमा रहेको नयाँ गीत “कुरै बुझ्दैन(पानी पँधेरो-२)बोलको म्युजिक भिडियो ईनाक्षी इन्टरटेमेन्टबाट सार्वजनिक भएको छ ।

तर उक्त गीत युट्युबको ट्रेन्डिङ नम्बर ३३ मा बस्न सफल भएको छ। गीतको शब्द रचना ,संगित र निर्देशन गायक विष्टले नै गरेका छन् ।

जीवन बाडुले एरेन्ज गरेको भिडियोमा स्वयं गायक भिम र गायिका एलीना फिचार्ड गरेका छन् । प्रकाश खड्काद्वारा छायांकन गरेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

गायक बिष्टले यो भन्दा पहिला ‘मिनिरल वाटर’ र ‘चम्चा पिलेट’ गीतबाट निकै राम्रो प्रतिक्रिया पाएपछि, बिष्टले फेरी फरक खालको भिडियो बजारमा ल्याएका छन्। ‘तपाइँहरुले जसरि ‘मिनिरल वाटर’‘चम्चा पिलेट’ रुचाइ दिनु भएको थियो, उसैगरि यो गीतलाई पनि रुचाउनु हुन्छ भने पुरा बिश्वास गरेको छु’ गरेको गायक बिष्टले बताए । 

हेर्नुहोस् भिडियो :

https://youtu.be/Nn1JqvFrCVM

प्रतिक्रिया दिनुहोस्