Logo

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सल्यानका खेलाडीको जित



Spread the love

प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सल्यानका खेलाडीले केही स्थानमा जित्न सफल भएका छन् ।
सल्यान जिल्ला बागचौर नगरपालिका १० पिपलनेटा का चुडामणि के सी ‘मिशन’ १८ वर्ष माथिको सिनियर एकल कातामा दोस्रो स्थान ल्याउन सफल भएका छन् । ११ वर्ष मुनि को जुनियर एकल कातामा बागचौर नगरपालिका ७ कोटबारका सन्जु बि.क प्रथम, १४ वर्ष मुनिको जुनियर ३० किलो ताैल समूह मा बागचौर नगरपालिका ७ कोटबार का सन्तोष बि.क प्रथम र शारदा नगरपालिका १२ काखखोलाका सुनिल खड्का दोस्रो र १५ वर्ष मुनिको जुनियर ३२ किलो ताैल समूहमा बागचौर नगरपालिका २ माथिल्लो चिलडाले का प्रकाश बि.क तेस्रो भएका छन् ।

जित्ने सम्पूर्ण खेलाडीका प्रमुख प्रशिक्षक चित्र बहादुर राना हुन् । उनी अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । रानाले आफ्नै खर्चमा खेलाडीहरूलाई सल्यान देखि काठमाडौँ ल्याएका थिए ।
सल्यानलाई खेल क्षेत्रमा अगाडी बढाउन रानाले विशेष योगदान दिँदै आएका छन् ।
बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीले खेलाडीहरूलाई बधाई दिँदै खेलाडीहरूले जिल्ला नाम अगाडि ल्याउन ठुलो भूमिका खेलेको बताएका छन् । खेल क्षेत्रलाई विकास गर्न आफू सधैँ लागिरहने बताए ।

अखिल नेपाल खेलकुद महासंघले सातदोबाटो ललितपुरमा खेलको आयोजना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्