१५ माघ, बाँके। गाँजा नखानू भनेर हस्तक्षेप गरेपछि बाँके राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचकको हत्याको आरोपमा दुई पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको माघ २ गते शुक्रबार बिहान साढे ९ बजे हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
उनको शव घरभन्दा साढे दुई किलोमिटर पर खेतमा मृत भेटिएका थिए। उनको टाउको तथा अनुहारमा चोट लागेको थियो।
उनको हत्यामा आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्राका १८ वर्षीय विवेक परियार भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथलीबाट र नेपालगञ्जका अर्का युवा सुवास थापालाई ब्युरो(सिआइबी)को टोलीले बिहीबार पक्राउ गरेको हो।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार प्रवीणले गाँजा नखानू भनेर हस्तक्षेप गरेपछि उनीहरूबीच झगडा भयो। त्यसपछि प्रवीणलाई हिर्काएर हत्या गरेको बुझिएको छ ।