४० हजारभन्दा बढी धारा जडान, ६४० किमि पाइप बिछयाइयो
सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार ग्यालथुम–सिन्धु खण्डमा कमजोर चट्टान भएकाले सुरुङ खन्न ढिलाइ भएको छ ।
आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले कमजोर चट्टान हुँदा सुरुङमा विस्फोट गर्न समस्या आएको बताए ।
‘विस्फोटक पदार्थ प्रयोग गर्दा त्यसले कति क्षेत्र ओगट्छ भन्ने अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘स्काभेटर प्रयोग गरेका छौं, संवेदनशील पनि उत्तिकै छ तैपनि ठेकेदारलाई चाँडो पूरा गर्न निर्देशन दिएका छौं ।’
आयोजनाका अनुसार सुरुङ खन्न अब ३ सय २१ मिटर मात्र बाँकी छ । तर, स्काभेटर प्रयोगले पनि डेढ महिनाभित्र ग्यालथुम–सिन्धु खण्ड ‘ब्रेक थ्रु’ गरिने उनले बताए । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम १ वर्षअघि पूरा भइसकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।