Logo

बाथरूमको फोटो सेयर गर्दा ट्रोलको सिकार भइन् विश्वकी कान्छी अर्बपति



Spread the love

११ माघ, एजेन्सी । विश्वकै सबैभन्दा कान्छी अर्बपति ट्रोलको सिकार भएकी छिन् । सामाजिक सञ्जालमा घरको फोटोहरू शेयर गरिरहने काइली जेनर सोही कारण समस्यामा परेकी छिन् ।

काइलीले केही दिन अघि आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी छिन् । उनले शेयर गरेको फोटोमा बाथरूम र शावर देखिएको छ ।

उनले शेयर गरेको फोटोमा भएको शावरबाट खसिरहेको पानीका कारण उनी ट्रोलको शिकार भइन् । पानीका विषय लिएर काइलीमाथि फ्यानलगायत अन्यले मजाक उडाइरहेका छन् ।

कतिपयले काइलीको घरमा पनि सामान्य मानिसको घरमा जस्तै सामान्य सावर हुने भनिरहँदा कतिपयले काइलीको घरको सावरभन्दा आफ्नो घरको राम्रो भएको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्