Logo

अन्तरिक्षबाट पृथ्वी आइपुगे रक्सीका १२ बोतल



Spread the love

८ माघ, एजेन्सी । अन्तरीक्ष यात्रीहरूले १२ वटा रक्सिका बोतलहरू पृथ्वीमा ल्याउन सफल भएका छन् । उनीहरूले इन्टरनेशनल स्पेस स्टेशनमा पठाएका रक्सीका बोतलहरू थिए ।

गत वर्षको नोभेम्बरमा वैज्ञानिकहरूले बोर्डक्स नामक रक्सीको एक कार्टुन र केही कुकिजहरू त्यहाँ पठाएका थिए । द इन्डिपेन्डेन्टका अनुसार ती सामानहरू उपभोग गर्नका लागि भने पठाइएका थिएनन् ।

त्यहाँ ताैलको बारेमा अनुसन्धान गर्न ती सामानहरू पठाइएको थियो ।

यो अध्ययनमा फ्रान्ससको युनिभर्सिटी अफ बोर्डक्स तथा बाभारिया र जर्मनि सहभागी भइरहेका छन् । उनीहरूले ती बोतलहरू लक्जेम्बर्गको स्पेस कार्गो अनलिमिटेडबाट पठाएका थिए ।

नासाका अनुसार त्यहाँ कुनै खाद्य कारखाना खोल्नका लागि गरिएको अध्ययनको यो नै पहिलो चरण हो ।

प्रतिक्रिया दिनुहोस्