४ माघ, एजेन्सी । भारतमा एक जना महिलाले ३ जना युवकलाई ठगेकी छन् । उनले विहे गर्दै ३ जना युवकलाई ठगेको समाचार यतिबेला भारतीय मिडियामा भाइरल बनिरहेको छ ।
ती युवतीले पहिलो श्रीमानसँग १ करोड रूपैयाँ ठगेकी थिइन् । त्यस्तै, अर्का युवकसँग विहे गरेर पनि उनी ४५ लाख हत्याउन सफल भइन् ।
उनले एक करोड ठगेका युवक भारतको विहे सम्बन्धी वेभसाइट सादी डटकममा भेटेकी थिइन् । १ करोड ठगिने युवकको नाम निलय कुमार भएको बताइएको छ ।
त्यस्तै, गुजरातका हमित मोदीसँग ४५ लाख ठग्नका लागि पनि उनले सादी डटकमकै सहारा लिइन् । तर, तेश्रो पटक भने ती युवती पुनेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका गएको बताइएको छ ।
ती ठग्ने युवतिको नाम भने प्रियंका कुमारी हो । उनी भारतको झारखण्डकी भएको बताइएको छ । यस घटनाका विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्