Logo

परेवालाई दिइने भनेको मृत्युदण्ड स्थगित



Spread the love

२ माघ, एजेन्सी । अष्ट्रेलियामा मारिने भनिएको एउटा परेवालाई केही नगरिने भएको छ । त्यहाँका अधिकारीहरूले उक्त परेवा सामान्य भएको बताएपछि परेवाको मृत्युदण्ड स्थगित गरिएको हो ।

उक्त परेवा अमेरिकाबाट प्यासिफिक ओसियन हुँदै अष्ट्रेलिया आएको बताइएको छ । यसभन्दा अघि अष्ट्रेलियाका अभिकारीहरूले जैविक विविधता र चराहरूमा गम्भीर असर पर्ने भन्दै उक्त परेवा मारिने बताएका थिए ।

मेलमबर्नको बगैँचमा ‘जो’ (परेवा) भेटिएपछि अष्ट्रेलियाका अधिकारीहरू चिन्तित भएका थिए भने विश्वभरमा मिडियाहरूमा यो नामले स्थान पाएको थियो ।

उक्त परेवाले अष्ट्रेलियाको क्यारेन्टाइनको नियम तोडेको भन्दै मारिने बताइएको थियो । तर, परेवाको खुट्टामा भएको संकेतले परेवाको ज्यान बचेको छ ।

अष्ट्रेलियाको कृषि विभागले उक्त परेवाले कुनै क्षति नदेखाएको र अधिकांश रूपमा स्थानीय जस्तै विशेषता देखिएपछि नमारिने बताएको छ ।

त्यो परेवा अक्टोबरमा अष्ट्रेलिया आएको हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । जोको समाचारसँगै स्थानीय चराहरूमा असर पार्नसक्ने भन्दै यसलाई मार्नुपर्ने धेरैले मत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्