१ माघ, एजेन्सी । भारतको छत्तिसगढमा एक जना युवकले एउटै मण्डपबाट २ जना बेहुलीसँग विवाह गरेका छन । गत जनवरी ३ तारिखमा तीन जनाले असामान्य विवाह गरेका हुन् ।
२ जना युवतीसँग एकैपटक विवाह गर्ने युवक चन्दु माैर्या हुन् । उनले हसिना र सुन्दरी नाम गरेका युवतीसँग एउटै मण्डपबाट एकैपटक विवाह गरे । उनीहरूको छत्तिसगढको टिकारा लोहन्गा गाउँमा विवाह भएको हो ।
बेहुला चन्दुले भनेका छन्, ‘म उनीहरू २ जनालाई नै मन पराउँथे । उनीहरूले पनि मलाई मन पराउथे । हामीले सबै गाउँलेहरूको बीचमा विहे गर्याैँ । तर, एक जनाको परिवार भने विवाहमा आएनन् ।’
यो विवाहमा अर्को अचम्मको पक्ष के छ भने सबैजना गाउँलेहरू विवाहमा उपस्थित भएता पनि कसैले यो कार्यको विरोध भने गरेनन् ।
चन्दुले विवाह गरेका हसिना १९ वर्षकी भइन् भने सुन्दरी २१ वर्ष लागिन् । उनीहरू २ जनाले नै १२ कक्षा पास गरिसकेका छन् ।
बुहपत्नी विवाह कानुन विपरित भएता पनि अहिलेसम्म कसैले उजुरी दर्ता नगराएको भारतीय मिडियाहरूमा उल्लेख छ ।