Logo

नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी माघ १५ गते देखि।



Spread the love

 

 

 

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) ले सिभिल इन्जिनियरिङ विभाग, केन्द्रीय क्याम्पस पुल्चोकसँगको सहकार्यमा यहि माघ १५, १६ र १७ गते नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
“समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्माण”को मुल नारा सहित यस वर्षको प्रर्दशनी पनि केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा सञ्चालन गर्न थालिएको हो । यस प्रदर्शनीमा विभिन्न विधामा सिभिल इन्जिनियरिङसँग सम्बन्धित सामग्री तथा नयाँ प्रविधिहरूलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।
प्रदर्शनीमा विभिन्न सरकारी, गैर–सरकारी तथा निर्माण व्यवसायी संस्थाहरू लगायत थुप्रै परामर्शदाताहरूद्वारा आ-आफ्नो विषयसँग सम्बन्धित सामग्रीहरू देखाइनेछ। शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका घरको डिजाइन, नमुना र त्यसका लागि आवश्यक पर्ने प्रविधिहरू विशेष आकर्षणका रूपमा रहनेछन् ।
यसबाहेक सडक विभाग, खानेपानी, सरसफाइ तथा ढल निकास विभाग, सिँचाइ विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागबाट पनि सामग्रीहरू प्रदर्शनीमा राखिने छन् । विद्यार्थी स्तरमा इन्जिनियरिङसँग सम्बन्धित नमुना मोडल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सेमिनार, सफ्टवेयर प्रतियोगिता, कंक्रिट मिक्स डिजाइन प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता, विविध मनोरञ्जन लगायत अन्य थुप्रै जानकारीमूलक कार्यक्रमहरू प्रदर्शनीका आकर्षण हुनेछन् ।
वि.सं. २०६३ सालदेखि सुरू भएको यस प्रदर्शनी २०६३, ०६४, ०६५, ०६६, ०६८, ०७०, ०७२ र ०७३ गरी आठ पटक सफलतापूर्वक सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष मात्रै करिब २० हजार भन्दा बढिको संख्यामा प्रदर्शनी अवलकोनकर्ताको उपस्थिति रहेको थियो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विज्ञ तथा विशिष्ट व्यक्तित्वहरूबाट थुप्रै जानकारीमूलक सामग्रीहरू प्रस्तुत हुनेछन् ।
प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरूले विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटका कार्यक्रम गर्ने, विभिन्न नाटक तथा नाच प्रस्तुत गर्ने गर्दछन् ।
प्रदर्शनीको भरपुर एवं भब्य प्रोमोशनका लागि पुल्चोकमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न रमाइला प्रोमोशनल स्लोगनहरूको समेत रचना गर्दै प्रचार-प्रसारको नविनतम शैली अपनाएका छन्।
केही प्रतिनिधि स्लोगनहरू :-
१. सिभिल इन्जिनियरिङसँग सम्बन्धित सम्पुर्ण प्रविधि र प्राविधिक ज्ञानको प्रदर्शनी, यही माघ १५, १६ र १७ गते पुल्चोक क्याम्पसको एउटै छानामुनी।
२. समस्याको समाधान नेपालमा नै छ। यहाँ न सोचको कमि छ, न विचारको। कमी छ त केवल आँट, चहाना र अठोटको।
आउनुहोस् यहि माघ १५, १६, र १७ गते पुल्चोक क्याम्पस जाऔ। हामीसँग समस्या समाधानका धेरै मोडेलहरू छन्।
३. मानिस ठूलो जातले हैन ज्ञानले हुन्छ। त्यसैले माघ १५,१६ र १७ गते पुल्चोक क्याम्पस जाऔ। प्रविधिमा रमाऔ अनि प्राबिधिक ज्ञान कमाऔ।
४. तपाईले आर्जेको शिक्षाले तपाईको ज्ञानको मापन गर्दैन, तपाई आफ्नो शिक्षालाई ब्यवहारमा कतिको लागु गर्दै हुनुहुन्छ ? ब्यबहारिक शिक्षाको उच्चतम प्रयोग सहितको बृहत प्राविधिक प्रदशनी यहि माघ १५,१६ र १७ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको प्राङ्गणमा। अवस्य पाल्नुहोला।
५. Where there is mind, there is possibilities.There is a dream of every Nepali to travel from East to West on a chhukchhuk chhukchhuk rail. And we are making models showing to live our dream.
I assure, this exhibition will build Nepal.
६. पानी शरिरमा १% कम हुँदा प्यास लाग्छ,
५% कमले थकान र लोसो महशुस गरिन्छ,
१०% कमले आँखा धमिलिन्छ र ताकत नै हुँदैन,
र २०% कम भए मरिन्छ।
तर,
पानी उपर्युक्त भए नि स्वच्छ नै छैन भने, त्यो झन् खतरनाक हुन्छ।
कसरी बनाइयो त मेलम्चीको पानी स्वच्छ ?
जानकारी यहि माघ १५,१६ र १७ गते पुल्चोकमा !!!

प्रतिक्रिया दिनुहोस्