२७ पुस, एजेन्सी । भारतमा याैन सम्पर्क गर्नेक्रममा एक जना पुरूषको मृत्यु भएको छ । भारतको खापरखेडास्थित एक लजमा युवतीले याैन सम्पर्कको समयमा घाँटीमा डोरीले बाँधेपछि ति युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ती पुरूष विवाहित भएर पनि महिलासँग प्रेम सम्बन्धमा थिए । उनीहरू बिहीबार उक्त लजमा सँगै बसेबा थिए । उनी पार्टनरले याैन सम्पर्कको बेला उनको हात र खुट्टा नाइलनको डोरीले कुर्सीमा बाँधिदिइन् । त्यसपछि उनले अर्को डोरीले ती पुरूषको घाँटीमा समेत बाधेको प्रहरीले उल्लेख गरेको छ ।
ती महिला बाथरूम गएको समयमा कुर्सि लडेपछि घाँटीको डोरी कस्सिएर उनको मृत्यु हुन पुग्यो । बाथरूमबाट महिला फर्किँदासम्म युवकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । महिलाले रूम सर्भिसहरूको सहयोगमा पुरूषलाई कुर्सिबाट फुकालेको प्रहरीले उल्लेख गरेको छ ।
ती महिलाले पनि आफु विवाहित पुरूषसँग विवाहेतर सम्बन्धमा रहेको स्वीकार गरेकी छिन् । होटलका सञ्चालक तथा वेटरहरूसँग पनि प्रहरीले स्पष्टीकरण मागेको छ ।
यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले उल्लेख गरेको छ ।