Logo

सरोजको रोमान्स प्रियंका र आश्मासँग (भिडियो सहित)



Spread the love

दर्शकहरुले निकै मन पराएको डान्स ग्रुप कार्टुन क्रु र चर्चित नायिका प्रियंकाको जुगलबन्दी फेरी एकपटक म्युुजिक भिडियोमा देखिएको छ । आज बिहीबार कार्टुन क्रुका  सरोज अधिकारी , आश्मा विश्वकर्मा र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको गीत “माछीले खाने खोलीको लेउ” बोलको गीत सार्वजनिक भएको छ ।लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।बिहीबार सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको सङ्गीत छ ।गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ । मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/aJEIGLrNDmU

प्रतिक्रिया दिनुहोस्