२७ पुस, सप्तरी । भैँसी चोरेर फरार भएका एक जना २४ वर्षपछि पक्राउ परेका छन् । करिब २४ वर्षअघि भैँसी चोरेर फरार भएको झण्डै २४ वर्षपछि सप्तरी प्रहरीले लक्ष्मण सरदार बातरलाई पक्राउ गरेको हो ।
५० वर्षीय बातरलाई स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा गरिएको हो ।
तत्कालिन समयमा पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उक्त सजाय तोकिएपछि बातर २४ वर्षसम्म फरार थिए ।
प्रहरीले उनलाई गोप्य सुचनाका आधारमा पक्राउ गरेकाे हाे । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानकाे काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्