काठमाडौं । भोली देशका केही स्थानीय तहहरूले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । नुवाकोटको विदुर नगरपालिकाले भोलि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ । पुस २७ गते देशभर राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मनाइन्छ ।
सोही अवसरमा बिदुर नगरपालिकाले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विभिन्न पालिकाहरुले समेत सार्वजनिक बिदा दिइरहेका छन् । यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिकाले पनि भोलि सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्