Logo

क्याबिनेटको निर्णय ठूलो कि विज्ञको ?



Spread the love

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने विषयमा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच कुरा नमिल्दा अझै पुनर्निर्माण शुरू हुन सकेको छैन।

पुरातत्त्व विभागले उक्त मन्दिर मल्लकालीन शैलीमै बनाउनुपर्ने विज्ञ समूहको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल मन्दिर भत्काउन नमिल्ने दाबी गरेको छ। विभागले आफ्नो निर्णय फिर्ता नहुने स्पष्ट पनि पारेको छ।

विभागका महानिर्देशक भेषनारायण दाहालले क्याबिनेटको निर्णयअनुसार मन्दिरको पुनर्निर्माण शुरू गरेको बताउँदै केही समयपछि सो कार्यलाई निरन्तरता दिने जनाएको छ ।

क्याबिनेटको निर्णयअनुसार विभागले करिब १ करोड ६० लाख रुपियाँमा मन्दिरको पुनर्निर्माण शुरु गरेको बताउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो– ‘बनिसकेको मन्दिर कहाँ भत्काउन मिल्छ ? क्याबिनेटको निर्णय ठुलो कि विज्ञ समितिको प्रतिवेदन ?’, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्