Logo

विशेष अदालतबाट चक्रे मिलनलाई सफाइ



Spread the love

विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको हो।

चक्रे मिलनसहित ५ जनाविरुद्ध २०७० जेठ ५ मा छुट्टाछुट्टै रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

विभागले ७ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्