Logo

अहिलेसम्म गुल्मीका चार स्थानीय तहमा आफ्नै नगर प्रहरी



Spread the love

२१ पुस, गुल्मी । गुल्मीका चार स्थानीय तहले आफ्नै नगर प्रहरी नियुक्ति गरेका छन् । पछिल्लो समय जिल्लाको इस्मा गाउँपालिकाले एक हवल्दार र चार जना जवानसहित पाँच जना नगर प्रहरी नियुक्ति गरेको इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले सल्लेरी खबरलाई बताए ।

चार जना जवान मध्ये २ महिला र २ पुरुष रहेका छन् । नियुक्ति भएका नगरप्रहरीलाई प्राथमिक कवाज प्रशिक्षण,शान्ति सुरक्षा व्यवस्थापन र काम कर्तव्यबारे २२ दिने तालिम प्रदान गरिरहेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक मोहनलाल अधिकारीले बताए ।

योभन्दा अघि नै जिल्लाको धुर्कोट गाउँपालिकाले एक हवल्दार सहित पाँच जवान , रेसुंगा नगरपालिकाले एक हवल्दार सहित सात जवान र मालिका गाउँपालिकाले एक हवल्दार सहित पाँच जवान नगर प्रहरी नियुक्ति गरिसेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद दफा तीन को ११ (क) अन्तर्गत रहि आफ्नो अधिकार प्रयोग गर्दै स्थानीय तहले नगर प्रहरी नियुक्त गरेका हुन् ।

स्थानीय तहमा सुरक्षा व्यवस्थापन, अपराध न्युनीकरण, राजश्व संकलन, विपद् व्यवस्थापनमा सहजीकरण, स्थानीय तहका नीति तथा कार्यक्रमको कार्यान्वयन जस्ता कार्य नगर प्रहरीले गर्ने बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्