Logo

कोरोनाको भ्याक्सिन लगाउन आएका युवकले पुरूष नर्सलाई प्रपोज गरेपछि…



Spread the love

१९ पुस, एजेन्सी । कोरोना भाइरसको खोप लगाउन आएका एक युवकले अस्पताल मै पुरूष नर्सलाई विवाहको प्रस्ताव गरेका छन् । अमेरिकाका कोरोना भाइरसको खोप लगाउन अस्पताल पुगेका युवकले पुरूष नर्सलाई विवाहको प्रस्ताव गरेका हुन् ।

पुरूष नर्स एरिक वर्डेरली र ३१ वर्षका चिकित्सा–सहायक रबी वर्गस कार्टेस केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । कार्टेसले भ्याक्सिन क्याम्पमा भ्याक्सिन लगाउनुपूर्व एरिक वर्डेरलीलाई विवाहको प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव नर्सले पनि तुरून्तै स्वीकार गरे । र, उनका प्रेमी कार्टेसलाई कोरोना विरूद्धको भ्याक्सिन लगाइदिए ।

सामाजिक सञ्जालमा यी २ समलिंगीको प्रपोजल अत्यन्त भाइरल भइरहेको छ । यसको भिडियो सामाजिक सञ्जालमा धेरै सेयर समेत भइरहेको छ ।

साउथ डकोटाको एक अस्पतालमा भ्याक्सिन लगाउनका लागि अपोइन्टमेन्ट पाएका कार्टिसले उनका प्रेमीले पनि भ्याक्सिन लगाइदिने काम गरिरहेको थाहा थियो । कार्टिसले प्रस्ताव राख्नका लागि विगत तीन वर्षदेखि औंठी राखिरहेको तर आफू कुनै विशेष मौकाको खोजीमा भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्