Logo

सामाजिक सञ्जालमा भाइरल जोडीको टुट्यो प्रेम सम्बन्ध, के फेरी एक होला त् ?



Spread the love

काठमाडौं । युवा पुस्ताले निकै रुचाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह २ वर्षदेखि देवांश राणासँग प्रेममा थिइन् । अहिले उनीहरुको सम्बन्ध टुटेको छ ।

चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा भित्रिएकी साम्राज्ञी र देवांशको प्रेम बालीमा खिचिएका तस्बिरले निकै भाइरल भएको थियो। उक्त तस्बिरमा छताछुल्ल रुपमा देख्न पाइन्थ्यो ।

त्यसपछि साम्राज्ञीले एकपछि अर्को गर्दै प्रेमी देवांशसँगका तस्विर सार्वजनिक गर्दै गइन् । कहिले नेपालगन्ज, कहिले पोखरा त कहिले बालीमा पुगेर साम्राज्ञीले आफ्नो प्रेम छताछुल्ल पारिन् ।

उनीहरु त्यसपछि कयौं कार्यक्रमहरुमा पनि सँगै देखिएको यो जोडीको विवाह हुने चर्चा समेत सुरु भएको थियो । प्रेममा रहँदा साम्राज्ञी र देवांशले एक म्युजिक भिडियोमा सँगै अभिनय समेत गरे । जुन गीत साम्राज्ञीकी आमाले गाएकी थिइन् । यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।

झण्डै ३ महिनादेखि साम्राज्ञीका कुनै पनि सामाजिक सञ्जालमा देवांशको उपस्थिति नदेखिनुले पनि यो कुरालाई पुष्टि गरेको छ । यति मात्रै होइन साम्राज्ञीले सामाजिक सञ्जालमा हालेका देवांशसँगका पुराना धेरै फोटा पनि हटाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्