Logo

अबदेखि यी मोबाइल सेटहरूमा ह्वाटसएप नचल्ने (सूचीसहित)



Spread the love

१७ पुस, एजेन्सी । नयाँ वर्षको सुरूवातसँगै लोकप्रिय सामाजिक सञ्जाल ह्वाटसएपले केही एन्ड्रोइड फोनहरूमा यो एप नचल्ने बनाएको छ । अबदेखि केही एप्पलका सेट र एन्ड्रोइडहरूमा समेत ह्वाट्सएप नचल्ने भएको हो ।

ह्वाट्सएपले यो एप चलाउनका लागि नयाँ भर्सनको मोबाइल प्रयोग गर्न सुझाव दिएको छ ।

फेसबुकको स्वामित्व रहेको यो एपले एन्ड्रोइड ४.०.३ र एप्पलका लागि आइओएस ९ भन्दा कम भर्सन भएका सेटहरूमा यो एप नचल्ने जनाएको छ ।

ह्वाट्सएपका अनुसार यदी यो एप प्रयोग गर्ने हो भने एन्ड्रोइडमा ४.०.३ र एप्पलका लागि ९ भर्सन हुनै पर्नेछ ।

यी हुन् अबदेखि ह्वाट्सएप नचल्ने एन्ड्रोइड फोनहरू

एचटिसी डिजाएर

मोटोरोला ड्रोइड रेज

एलजी अप्टिमस ब्ल्याक

सामसुङ ग्यालेक्सी एस२

त्यस्तै, एप्पलको आइफोन ३ मा पनि अबबाट ह्वाट्सएप सदाका लागि बन्द भएको छ । यो सेटले एप्पलको ९ भर्सन सपोर्ट नगर्ने भएका कारण अबबाट यो एप सदाका लागि बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्