Logo

कर्मचारीले मागे ८०८ दिन बिरामी बिदा, अस्वीकार गर्दा कम्पनीले तिर्नुपर्यो डेढ करोड जरिबाना



Spread the love

१६ पुस, एजेन्सी । एक जना कर्मचारीले २० वर्षको अवधिमा ८ सय ८ दिन कार्यालयमा अनुपस्थित भएकोबारे मुद्दा जितेका छन् ।

अटोमोबाइल कम्पनी टाटाको स्वामित्व रहेको जगर ल्याण्ड रोवरका कर्मचारीले ८०८ दिन बिरामी बिदा पाएका हुन् ।

८०८ दिन अनुपस्थित भएको तलब कम्पनीले उपलब्ध गराएन । तर, अदालतले ती कर्मचारी बिरामी बिदा बसेको ठहर गर्दै कम्पनीलाई करीब ९६ हजार पाउण्ड अर्थात् १ करोड ५२ लाख क्षतिपूर्ति समेत तिराएको छ ।

२० वर्षको अवधीमा उनी विभिन्न कारणले कार्यालयमा अनुपस्थित थिए । काम गर्दा घाइते भएर, स्वास्थ अवस्था बिग्रिएर लगायत अन्य कारण उनी कार्यलय गएनन् । उनका ती सबै दिनहरू बिरामी बिदामा गन्ती भएका छन् ।

प्रतिक्रिया दिनुहोस्