Logo

अभिनेत्री रिया चक्रवर्ती फेरी अर्को आपतमा



Spread the love

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको आरोपमा अभिनेत्री रिया चक्रवर्ती झन्डै १ महिना जेल बसेर आएकी छन् । उनी माथि फेरी अर्को आपत आइपरेको छ ।

सुशान्त सिंह राजपूतको केसमा रियाको नाम जोडिएपछि उनीलाई जताततै नराम्रो नजरले हेर्ने गरेका छन् ।जेलबाट रिहा भए लगतै मुम्बईको खार क्षेत्रमा घर खोजिरहेको बताइएको छ । उनीहरुले घर खोजिरहेको एक भिडियो पनि सोसल मिडियामा भाइरल भइरहेको छ ।

जसमा उनका आमाबुबा पनि घर खोज्न हिँडिरहेको देखिएको छ ।अहिले बसेको घर खाली गर्न भनेपछि उनी नयाँ घरको खोजीमा निस्किएकी हुन् । तर उनीहरुलाई कसैले पनि घर दिनमान्दैन । खोज्दा खिज्दै हैरान भइसकेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्