Logo

‘फुल बुट्टे सारी’का दुवै भर्सन सुपरहिट भएपछि गायक राजनराजले ल्याए फेरी चाइल्ड भर्सन



Spread the love

काठमाडौं। पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ को चाइल्ड भर्सन सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीकी कान्छी छोरी अरिष्मा शिवाकोटीको स्वर रहेको छ ।

‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको गीतमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।  आरिष्मा शिवाकोटी फिचर्ड छिन् । 

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ  । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड भर्सनमा आएको संगीतकार तथा गायक राजनराज सिवाकोटीले जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/EqfDuAWQq5s

प्रतिक्रिया दिनुहोस्