Logo

कोरोनाको महामारी चलिरहेको बेला सलमानको ‘राधे’ महँगो रकममा खरिद



Spread the love

एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ २३० करोडमा बिक्री भएको छ । कोरोनाका कारण यो वर्ष प्रदर्शन हुन नसकेको सलमान अभिनीत चलचित्र ‘राधे’ २३० करोडमा बिकेको छ ।

उनले यो फिल्म २०२१ को इदको अवसरमा रिलिज गर्ने भएका थिए। सलमानले यो खुशीको खबर आफ्नो जन्मदिनको अवसरमा दर्शकहरुलाई दिएका थिए ।

चलचित्र ‘राधे’को ट्रेलर रिलिज भएसँगै जी स्टुडियोले २३० करोडमा खरिद गरेको हो । सलमानले फिल्म राधेको सबै अधिकार जी स्टुडियोलाई २ सय करोड भन्दा धेरै रकममा बेचेका हुन् । लगभग २३० करोड रुपैयाँमा फिल्मलाई स्याटेलाइट, डिजिटल र म्युजिक अधिकारसहित बेचिदिएका हुन् । सलमान र फिल्मका टिमले आजसम्मको धेरै ठुलो रकममा फिल्म बिक्रि गरेका छन् ।

सलमान र दिशा पटानी मुख्य भूमिका रहेको चलचित्रमा प्रभु देवाको निर्देशन रहेको छ । हाल पोस्ट प्रोडक्सनको काम चली रहेको चलचित्र राधे लाई कोरोनाको महामारी चलिरहेको समयमा महँगो रकममा खरिद गरेको यो पहिलो चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्