Logo

नेपाल प्रहरीका असई भुपेन्द्रको नयाँ गीत ‘हामी नेपाल प्रहरी’ सार्वजनिक



Spread the love

नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) भुपेन्द्र बुढाथोकीले “हामी नेपाल प्रहरी”बोलको गीत बजारमा ल्याएका छन्। जनताको सेवक प्रहरीको सुखदुखका भाव समेटिएको उक्त गीतको म्युजिक भिडियो सोमबार युटुबमार्फत सार्वजनिक गरिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत असई बुढाथोकीको शब्द रहेको उक्त गीतमा अहिलेको चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन्। सन्तोष रजौरेको सङ्गीत रहेको उक्त गीतको एरेञ्जर योगेश काजीले गरेका छन् भने गीतमा अभिनय भुपेन्द्र बुढाथोकीले गरेका छन्।शिव फोरएस मिडियाले निर्माण गरेको उक्त गीतको भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन् भने सम्पादन रबिन बिकले गरेका छन्।  भिडियोको निर्देशन रमेश बिक रसाईलीले गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/ya41ILD3uyo

प्रतिक्रिया दिनुहोस्