Logo

स्मारिका र समारिले फुर्सदमा च्याट गर्न सरूँ पराजुलीलाई भने पछि



Spread the love

काठमाडौं । पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स टिकटक हो । टिकटकबाट निकै चर्चा परिचर्चा बटुल्न सफल मोडल स्मारिका र समारिका ढकालको नयाँ म्युजिक भिडियो ‘फुर्सदमा च्याट गर्न’ बोल गीत सुरभी क्रेयसन् युट्युबमार्फत सार्वजनिक भएको छ ।

रचना शिव चौलागाइको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् भने सरूँ पराजुलीको स्वर रहेको छ । भिडियोमा सामारिका, स्मारिका सँगै दिपा र समीक्षाको अभिनय रहेको भिडियोलाई महाराज थापाले एरेन्ज गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादनमा गरेका हुन् । उक्त भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/NirR3I1hphY

प्रतिक्रिया दिनुहोस्