Logo

अमेरिकी एयरपोर्टमा रोकिए शाहरुख,ट्वीट गर्दै पोखे दुखेसो



Spread the love

asd

बलिउड स्टार शाहरुख खान एक पटक फेरि अमेरिकी एयरपोर्टमा नियन्त्रणमा परेका छन्। इम्तियाज अलीको फिल्मको शूटिङको लागि यूरोपबाट अमेरिका पुगेका शाहरुखलाई अध्यागमनले एयरपोर्टमा करिब एक घण्टा नियन्त्रणमा राखेको हो। उनले आफू जहिले अमेरिका आउँदा पनि अध्यागमनले रोक्ने  गरेको भन्दै आज ट्वीट गरेका छन्।शाहरुखले भनेका छन्,‘म सुरक्षा अवस्थालाई बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु। तर म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको यो अपमान सहनु पर्छ।’ उनले अध्यागमनले एक घन्टा नियन्त्रणमा राखेपछि आफू मोबाइलमा गेम खेलेर बसेको पनि ट्वीट गरेका छन्। यसअघि पनि अमेरिकी अध्यागमनले सन् २००९ र २०१२ मा अमेरिका जाँदा न्यूयोर्क विमानस्थलमा उनलाई दुई तीन घण्टा नै नियन्त्रणमा राखेको थियो। tw

 

प्रतिक्रिया दिनुहोस्