Logo

डण्डीफोर निचोर्दा अनुहारको यो हालत भएपछि



Spread the love

एजेन्सी। धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो । सुन्दर र चम्किलो छाला शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ ।

अहिले यस्तै फिलिपिन्सकी किशोरी मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोरेपछि अनुहार सुन्निएर बेलून जस्तो भएको छ। नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले बताइन्।

उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो ।

उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन । उनका पति अल्बर्ट सालेस छिमेकीको घरमा पार्टटाइम काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्