Logo

मध्यरातमा गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु



Spread the love

१२ पुष, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै ज्यान गएको छ । बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ को ट्रकले जिल्लाको रेसुङा नगरपालिका १३ भगेरी नजिक ठक्कर दिएको हो । ट्रकको ठक्कर बाट सोही वडाका २३ वर्षीय बालकृष्ण श्रीस र २४ वर्षीय  टोप बहादुर रजायलीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष खुम खत्रीले सल्लेरी खबरलाइ जानकारी दिए ।
राती करिब १२/१ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्